Profile

प्रताप चौलागाई

कवि  लेखक  निबन्धकार 
पुरस्कार विजेता कवि तथा निबन्धकार प्रताप चौलागाईंले स्मृति, संस्कृति, पहिचान  मानव अवस्थालाई प्रतिबिम्बित गर्ने कृतिहरू सिर्जना गर्छन्। धेरै राष्ट्रिय साहित्यिक सम्मानहरू मार्फत मान्यता प्राप्त, उनको कविता  गद्यले पाठकहरूलाई हामीलाई आकार दिने कथाहरूसँग एकछिन रोकिन, चिन्तन गर्न  जोडिन आमन्त्रित गर्दछ। 
Poems0+
Awards0+
Works0+

कविताहरू 

स्मृति, पहिचान, प्रेम, प्रकृति,  मानव अनुभवलाई आकार दिने शान्त क्षणहरूको अन्वेषण गर्ने कविताहरूको संग्रह 

हाँस्दाहाँस्दै सम्झना परेलीहरू भिजाउँदै आयो
कोर्दाकोर्दै सम्झना पानाहरू रसाउँदै आयो

कहिले झरी बनी, मेरो उजाड मन रुझाउँदै आयो
कहिले कलम बनी, मेरो शब्द बगाउँदै आयो
बिर्सन खोज्दा झन् गाढा, तस्बिर बनी आयो
अँध्यारोमा कलम थाक्दा, कविता बनेर आयो

हाँस्दाहाँस्दै सम्झना परेलीहरू भिजाउँदै आयो
कोर्दाकोर्दै सम्झना पानाहरू रसाउँदै आयो
0:000:00

~(कवि १५ वर्षको हुँदा रचित कविता)


मलाई बादल हुने रहर छ
जहिले चाहू चाहाभरि विपनाको आकाशमा उडिरहू
जब चाहू आशाभरि सपनाको पर्दामा रमाइरहू

मलाई हावा हुने रहर छ
जहिले चाहूँ सीमाहीन क्षितिजमा बहिरहूँ
जब चाहूँ सृष्टिका कुना-कन्दरामा फैलिरहूँ

मलाई नदी हुने रहर छ
लाखौँ हण्डर र ठक्करहरू सहँदै
आफ्नै गतिमा निरन्तर बगिरहूँ
कठिन चट्टानका छातीहरू पन्छाउँदै
सागर भेट्ने लक्ष्यमा लम्किरहूँ

मलाई म हुने रहर छ
जहाँ बादलको जस्तो शून्यता होस्
हावाको जस्तो स्वतन्त्रता होस्
र नदीको जस्तो शाश्वत गतिशीलता होस्।
0:000:00

~(कवि १६ वर्षको हुँदा रचित कविता)


सायद तिमी नभएको भए
मैले कहिल्यै देख्ने थिइन
आफ्नै उचाइ

म त ती पहाडहरू हुँ
जसको फेदमा उभिएर तिमी औंला ठड्याउँछौ
तर चुचुरो छुन तिम्रा पाइलाहरू काँप्छन्
मेरो उचाइ नाप्न नसक्दा,
तिमी आफैँभित्र खुम्चिरहन्छौ।

तिम्रो यही इर्ष्याको राप त हो
जसले मलाई थप अग्लिन ऊर्जा दिन्छ
तिमी जति जली खरानी बन्छौ
म त्यति नै कुन्दन भई चम्किरहन्छु

धन्यवाद मायालु!
सायद तिमी नभएको भए
म मेरो विराटता कहिल्यै देख्ने थिइनँ
0:000:00

~(कवि १५ वर्षकै हुँदा रचित कविता)

पुरस्कार  सम्मान 

विभिन्न स्थानीय तथा राष्ट्रिय पुरस्कारले सम्मानित, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता प्रतियोगिताहरूमा पुरस्कृत। 
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगिता

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगिता

२०८२

ईको विश्वव्यापी खुल्ला कविता प्रतियोगिता

ईको विश्वव्यापी खुल्ला कविता प्रतियोगिता

२०८३

सर्जक चौतारी ओखलढुंगाद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता

सर्जक चौतारी ओखलढुंगाद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता

२०८३

सर्जक चौतारी ओखलढुंगाद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता

सर्जक चौतारी ओखलढुंगाद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता

२०८२